म कहिले ठुलो मान्छे बन्न सकिन l

म कहिले ठुलो मान्छे बन्न सकिन l

म कहिले ठुलो मान्छे बन्न सकिन ।।
सानै हुँदा मलाई  ठुलो हुने भुत जट चढेको थियो ।।।
आज जिउ ठुलो भयो ढाड ठुलो भयो, तिग्रा ठुलो भयो तर मान्छे ठुलो बन्न सकिन ।।।

हिजो ठेकीको दही, हत्केलामा राखेर दौडिदा  कती न बाँकी रहन्थ्यो र कान्ला मुनी पुग्दा ।।।
हेर आज त्यही  हत्केलामा लिएर कुदेको दही कोसौ परको खोला मा पुग्दा पनि जस्ता को तस्तै हुन्छ ।।।
हत्केला को आकार कत्रो ठुलो भाको छ तर मान्छे ठुलो भएन ।।।

नङ ठुलो भयो, नङमा टासिएको छाला, एपिथेलियन, मान्सपेशी, बोसो, आन्द्रा, भुँडी, ए सबै ठुलो भयो तर मान्छे ठुलो भएन ।।।

ठुलो मान्छे हुने प्रयास पनि नगरेको हैन स्कुल जादा सरले राम्रो सग पढ ठुलो मान्छे बन्छस, घर आएर कत्ती राम्रो सग पढे तर अप्सोच जाचमा आउने प्रश्न  र मेरो उतरको चाजो माजो नै मिलेन, बिज्ञानमा प्रश्न आउथ्यो सियो पानी मा दुब्छ तर जहाज दुब्दैन किन ??? ए बाबा जहाज पानीमा उत्रन नै बनायको होत्त कसरी दुब्छ ??
अनी अङ्रजीमा सधै बिवाद हुन्थियो to टु हुने, do डु हुने, तर go गु नहुने यस्तो पनि हुन्छ कहिले ??

यस्ता कुरा लाई छोडेर मैले कत्ती किताब पढे, मोटो किताब पढे, छोटो किताब पढे, ब्लाक एन्ड वाइट किताब पढे, इस्लिन किताब पढे, अस्लिन किताब पढे, ईतिहास पढे, किताबको आकार कत्ती ठुला भए तर मान्छे ठुलो हुन सकिन ।।।
कहिले मन्दीरमा जादा आमाले भन्थीन ,कान्छा देवती माता लाई ठुलो मान्छे बनाई दिनुनु भनेर माग । तर मलाई अचम्म लाग्थ्यो र सोच्थे यी मन्दीर मा बस्ने पुजारी त रातो दिन बसेर जुत्रो भएर बस्नेको त यो हालत छ भने, हामी कहिले काहि गएर हात जोडेर माग्दैमा दिने के देउती माताको माईती पटिको हुन  र ??

संसारमा धेरै मान्छे बाट ठुला ठुला बनेका छन , जर्मन तानासाहि हिटलर सानै देखि राम्रो चित्र बनाउथे भन्ने सुनेर मेलेपनि धेरै टाटे विरालो ढाडे विरालोको कार्वनले छापेर कति चित्र नबनाए होईन खोई ठुलो मान्छे बनीन ।।

कति कवि कवियत्री सानैमा कविता लेखेर ठुला मान्छे बने भनेर महिले पनि सकी नसकी कविता यसरी लेखे
“आज हामि साना छौं, भोली ठुला हुनेछौं " तिग्रा यत्रो भईसके साना छौ साना छौ,,,खै ठुलो मान्छे भईयन ।।

ब्रुस लीको बढोपन देखेर मैले गोठमा कति गोठाला कुटे खै ठुलो मान्छे भईन ।।

सर आईज्याक न्युटनले रुखबाट स्याउ खसेको देखेर ठुलो वैज्ञानिक भए रे तर मैले पनि बारीमा आंप,भोगटे खसेर प्याट्ट  फुटेको देखेको छु खै गुरुत्व आकर्षणको थोप्पो हिसाब गर्न आउदैन, अनि कसरी बनु त ठुलो मान्छे ।।

म संग ठुलो मान्छेमा हुने गुण पनि न भएको हैन, थोमस एडिसन भन्दा भुलक्कड छु बम मार्लीन भन्दा धेरै गाजा खान्छु , महात्मा गान्धी भन्दा धेरै तालु खुईलेको छ खै ठुलो मान्छे छुईन ??


अरे साला उचाई बढाउन क्याल्सीयम पाईने, कपाल ठुलो पार्न स्याम्फु पाईने,  तर मान्छे ठुलो पार्न चाहि किन नपाउने ,,,सायद तपाईसंग छ कि ????

Comments

Popular posts from this blog

उत्सवको शोक

म एक : उदेश्य अनेक

The Ultimate Hypocrisy