“मैले देखेको अस्ट्रेलिया”

मैले देखेको र मेरो दैनिकी मा अस्ट्रेलिया ओपेरा हाउस अनि समुन्द्र तट जतिकै सुन्दर र लोभलाग्दो पक्कै पनि छैन | यहाँ का मानिस को व्यस्तता देख्दा एस्तो लाग्छ कि यिनीहरु समय भन्दा अगि दौडीरहेछन | अति नै सान्तिपूर्ण मुलुक को रुपमा चिनिए पनि यहाँ आउने अन्तरास्ट्रिय विद्यार्थी हरुको दैनिकी अन्त्यन्तै तनाबपूर्ण रहेको छ | यी सब कुरा हरुको बाबजुत पनि यहाँ आउने विद्यार्थी हरुको संख्या दिन दुइ गुना अनि रात चौगुना ले बडीरहेको छ | “नमरी स्वर्ग देखिदैन” भनेझै वास्तविक अस्ट्रेलिया देख्न इन्टरनेट मा हेरेको भिडियो र फोटो पर्याप्त छैन |

अलिकति राम्रै पढने र पारिबारिक अवस्ता ठिकै भएका मानिसहरुको भबिस्य खोतल्ने सपना को नगरी भएको छ आजभोली नेपाली समाज माज अस्ट्रेलिया |
नेपाल मा पनि पढाईको स्तर राम्रै हुनु ,अरुको देखासिकी गर्नु ,अनि समाज मा अरुको अगाडी ठाट पल्टाउन आदि इत्यादी ले गर्दा यहाँ आउने मान्छे हो हुल क्रमस बढ्दो अनुपात मा छ जसले हाम्रो भेडे प्रबिती को राम्रै ऊदाहरण दिन्छ |



हुनत हाम्रै गाउ समाज ले नै यो भेडे प्रवृति को विकास गर्न सहयोग पुराएको हुन् | विकास को कुरा मा उल्टो गियर लगाउने हाम्रो समाज मा कुराकाट्ने अनि बिरोध गर्ने हरुको नि व्यापक उपस्थिति छ | उनिहरु बिदेसिने लाउरे हरुको न्वारन र समूह बिभाजन गर्न तछाड-मछाड गरेर लागि परेका छन् | यिनै बनिले गर्दा नि हामी नेपली हरुको पहिचान सहजै गर्न सहयोग पुराउछ |

१) तोरी लाउरे : यो वर्ग मा चै काम नगरी हिड्ने बेकामे युवा हरु को जमात लाई पर्ने गर्छ | जो भात पचाउन गल्लि-गल्लि मा कुकुरलाई नि च्यालेंज गरेर दिनभर डुल्ने गर्छन अनि बादर का झुण्ड झैँ भेला भएर एक्लै हिनिरहेका चेली माथि झमट्न्छन् |

२) डोरी लाउरे : यो वर्ग मा चै हाम्रा अत्यन्त मेहेनती अनि राज्य ले रोजगार को ब्यबस्ता गर्न नसकेर , चुइने छानो अनि पेट भर्न मानो को जोगाड गर्न खाडी को बालुवा मा घन अनि मन बजार्ने बुबा अनि दाजु भाईहरु पर्नुहुन्छ | मरुभूमि अनि गर्मि मा आफ्नो खुन – पसिना ले सिचेर आफ्नो छोराछोरी को भबिस्य मा ज्ञान र बिबेक को बिऊ ऊमर्न अहोरात्र मिहेनत गर्नु हुन्छ | यसै क्रम मा कहिले सुतेकै ठाउँ मा चिरनिन्द्रा मा पर्नु हुन्छ अनि रातो बाकस मा डोरीले बेरिएर आउनु हुन्छ | अनि जो जति भाग्यले बाचेर आउनु हुन्छ उहाहरु पनि घरकै भिता भत्किने गरिको टेलीभिजन बोकेर पुरै डोरी ले कसेर आउनु हुन्छ र उहाहरु डोरी लाउरे को नाम ले प्रख्यात हुनुहुन्छ |

३) छोरि लाउरे : यो वर्ग मा चै कोरिया ,जापान ,अमेरिका ,अस्ट्रेलिया आदि देस मा बस्नुहुने महानुभाबहरुको जमात लाई जनाउछ | जो बिदेस मा गदा को भन्दा बडी खाटीन्छन् अनि गोरु को भन्दा बढी जोतिनछन् | अनि येसो समय निस्के बियर को बोत्तले समातेर सामाजिक संजाल को भित्ता भरछन् अनि फेसबुक मा अनेकौ चेली हरुलाई माया को सपना देखाउन भयाईसक्छन किनकि यहाँ “जो दिख्छ त्यो बिक्छ ” अनि उस्तै सोजा- साजा परिवार परे भने ज्वाई पनि चाडै भैहाल्छन त्यसैले यी महासय हरु छोरि लाउरे को समूह मा पर्छन |



यी त भए लाहुरे हरुका वर्ग अब यी लुहुरे हरुको इस्थिती को बारेमा केहि कुराहरु गरौ |

हाम्रो देस जहाँ गफका भरमा बच्नेहरु को ठुलै जमात छ ,तर बिदेस मा बाच्न अनि खान को लागि गफ हैन काम गर्न जरुरि छ |
यहाँ मानिसहरु मुख चलाउनमा भन्दा बढी हात चलाउनमा विश्वास राखदछन् | हामी गफ गरेर खान पल्केकाहरुको लागि यो कुरा हजम गर्न केहि समय त पक्कै लाग्छ |
बिहानै ४ बजे नै झोला बोकेर मुख पनि राम्रो सग नधुइ काम का लागि हिड्ने नेपाली दाजुभाई अनि दिदिबैनी हरुको बाक्लै उपस्तिती हुन्छ सिड्नी ट्रेनमा कसैका आखा राम्रो सग खुलेका हुदैनन त कोइ अजै नि निन्द्रा मै हुन्छन |

नेपली मा ऊखान नै छ , “बोकेको कुकुर ले कहिले मिर्ग मार्दैन” हो तेइ ऊखान लागु हुन्छ हाम्रो जीवनमा पनि हामी तिनै हौ जो नेपाल मा हुदा घाम टाउको माथि आइपुग्दा नि ओछ्यान छाड्न गारो मन्थेउ ,हाम्रो सबै आबस्यकता पुरा गर्दिने जिम्मा लिने अभिभाबक हरु हुनुहुन्थ्यो ,आमा ले बिहान बिताएर बनाएको खाना पस्केर खाना हाम्रो जागर चल्दैनथो | अनि हामी तिनै मान्छे हौ जो आज घाम नउदाई उदाउछौ अनि पाउरोटी टोकेका भरमा बिहान देखि बेलका सम्म खटिनछौ | अनि घर मा आएर नुडल्स भुलुक्क ऊमालेर सुरूप परेर पुक्लुक लड्न बिबस छौ | ताकी भोलि सबेरै फेरि कसैले सिड्नी टलकाउन त कसैले भाडा चमकउन समय मा नै हाजिर लगाउन सकोस | यो त भयो सिड्नी को दैनिकी | 🙁



अब कुरा गरौ यहाँ भएको नेपली समाज को बारेमा | “माइति गाउको कुकुर नि प्यारो ” तर यहाँ भएका नेपाली हरुमा एक-अर्का प्रति अलिकति पनि सद्भाव अनि सम्मान छैन | कारण प्रस्ट छ कि यहाँ मान्छे “मान्छे कमौना मान्छे राख्न भन्दा पैसा कमौना” बडी जोड तोड ले लागि पर्छ तेसका लागि उसले कसैको पसिना अनि मिहेनत को बस्ता गर्दैन |उसलाई आफ्नो समस्या को अगाडी अरुको समस्या सानो लाग्छ , ऊ आफु सय कमाउने लोभ मा अरुलाई अस्सय पिडा दिन पछि पर्दैन | ऊ आफ्नो बिगत बिर्सिएर कीरना अनि जुका को रुप लिएर अरुको को पसिना मा र्याल चुहाउछ | यहाँ मानिस को पहिलो बार्तालाप कहाँ काम गर्छौ अनि कति कमाउछौ बाट सुरु हुन्छ | अनि अलि बडी कमाउनेको चाहिने भन्दा बडी नै ईज्जत हुन्छ | यहाँ पैसा बोल्ने ठाउमा नाता र सहयोग का भावना राख्ने मान्छे भेट्न गूगल लै नि हम्मे-हम्मे पर्छ |

अस्ट्रेलिया महिला को हक र आधिकार को लागि कडा कानुन भएको देस को रुपमा चिनिन्छ तर यही ठाउँ एक्लै पढन आउने दिदि बैनी हरुको लागि झन् ठुलो चुनौती पैदा गरिदिन्छ | पहिलो चुनौती चर्को कलेज सुल्क अनि दोश्रो चै भरपर्दो काम अनि तेस्रो चुनौती चै नेपाल बाट आउदा लागेको लागत | यी सबै चुनौती हरु को सामना गर्न थुप्रै हण्डर हरु खाएर राम्रो पोजिसन मा पुग्नु भएका दिदीबैनी हरु पक्कै पनि सम्मान को लायक हुनुहुन्छ र महिला को सहन गर्न सक्ने क्षामता को राम्रै उदाहरन प्रस्तुत गर्न सफल हुनुहुन्छ |

केटि : हेलो दाई फेसबुक मा काम को पोस्ट थ्यो नि |
केटा :हो त बैनी ,अनि बैनी ले यो काम गरेको छौ त पैला ?
केटि : हजुर दाई १ वर्ष को अनुभव छ |
केटा : हामीलाई तेस्तै मान्छे चाहेको हो , अनि बैनी सिंगल हो ?
केटि : हैन दाई मेरो श्रीमान नि हुनुहुन्छ उहा स्टुडेन्ट हो |
केटा : ल पछि कल गर्छु है |

अर्का तिनै दिदीबैनी को समूह छ जो यी चुनौती हरुको सामना गर्न नसकी सजिलो बाटो खोज्दै गलत बाटो मा लागिसकेको समेत पत्तो पाउनुहुन्न ,तर एसको जिम्बेबार उहा हरु मात्र हैन किनभने यहाँ उनीहरुको गारो अवस्ता को सजिलै फाइदा ऊठाउन मौका खोज्ने हरु पनि निकै महानुभाव हरु हुनुहुन्छ जसको धमिलो मन सफा अनि चिटिक्क परेको लगाई को पछि लुकेको हुन्छ अनि येस्तै ब्वासो को सिकार बन्न पुगछन् | भने कतिपय चै व्हिस्की को चुस्की सग रात्री पार्टी मा ब्यस्त हुन्छन अनि राम्रै बहाना हुन्छ उनीहरु सग पिउन को लागि ” धेरै टेन्सन छ येसो भुल्न को लागि पिदेको ” |
तर समस्या रक्सि को नसा जति जति कम हुन्छ तेतीनै बढदै जान्छ |
अनि कतिपय चेली हरु त काम लगाईदिने बहाना को नि सिकार हुन्छन |

यो माथिको अबस्ता हुबहु लागु हुन्छ धेरै जसो ठाउँ मा |
मेरो ऊदेस्य कसैलाई दोसरोपन गर्नु हैन ,कसैलाई सहि – गलत सिकाउनु नि हैन | मेरो ऊदेस्य केवल हामी अनि हाम्रो नेपाली समुदायलाई भोलिका दिनमा झनै बलियो र भरपर्दो समुदाय को रुपमा चिनाउनु हो | यो लेख का पात्र अनि घटना सबै सत्य हो | त्यसैले आफ्नो गल्ति कहाँ छ पता लगाएर आफुलाई आजै बाट सुधारौ |

Comments

Popular posts from this blog

उत्सवको शोक

म एक : उदेश्य अनेक

The Ultimate Hypocrisy