म कहिले ठुलो मान्छे बन्न सकिन l
म कहिले ठुलो मान्छे बन्न सकिन l म कहिले ठुलो मान्छे बन्न सकिन ।। सानै हुँदा मलाई ठुलो हुने भुत जट चढेको थियो ।।। आज जिउ ठुलो भयो ढाड ठुलो भयो, तिग्रा ठुलो भयो तर मान्छे ठुलो बन्न सकिन ।।। हिजो ठेकीको दही, हत्केलामा राखेर दौडिदा कती न बाँकी रहन्थ्यो र कान्ला मुनी पुग्दा ।।। हेर आज त्यही हत्केलामा लिएर कुदेको दही कोसौ परको खोला मा पुग्दा पनि जस्ता को तस्तै हुन्छ ।।। हत्केला को आकार कत्रो ठुलो भाको छ तर मान्छे ठुलो भएन ।।। नङ ठुलो भयो, नङमा टासिएको छाला, एपिथेलियन, मान्सपेशी, बोसो, आन्द्रा, भुँडी, ए सबै ठुलो भयो तर मान्छे ठुलो भएन ।।। ठुलो मान्छे हुने प्रयास पनि नगरेको हैन स्कुल जादा सरले राम्रो सग पढ ठुलो मान्छे बन्छस, घर आएर कत्ती राम्रो सग पढे तर अप्सोच जाचमा आउने प्रश्न र मेरो उतरको चाजो माजो नै मिलेन, बिज्ञानमा प्रश्न आउथ्यो सियो पानी मा दुब्छ तर जहाज दुब्दैन किन ??? ए बाबा जहाज पानीमा उत्रन नै बनायको होत्त कसरी दुब्छ ?? अनी अङ्रजीमा सधै बिवाद हुन्थियो to टु हुने, do डु हुने, तर go गु नहुने यस्तो पनि हुन्छ कहिले ?? ...