कवि र कविता
कवि र कविता
बालपनको तोते बोलि सुन्न
जति मिठो हुन्छ
त्यति मीठो हुन्न
आजकल कविता
डायरी त्यहीँबाट सुरु भयो
जहाँ कलमले बैँस पोख्थयो
स्वरले कोइली भाका बोल्थयो
यौवन शरिर कोमल र मर्मस्पर्शी
हुन्थ्यो ।
तर
आजकल बोली रुखो
मन बूढो शरिर लठ्
भएको छ डायरी कुनामा
माकुरिको जालोमा जेलियर
नतमस्तक निदाएको छ ।
दिमागमा बिगतको गुडँ
बर्तमानको पातँ
र भविश्यको उड्ने सपनाले
जेलिएको छ ।
बूढो रुग्ण शरिर कोमल मन
तामाकोसी को छाल झै चलिरहेछ
त्यो कवितामा वितेका गोधुलि साँझ
रसिला कवितामा रमाउने ठट्टेउला कवि
समय फेरिएको छव
सुन्दैन कविता
डायरी कलम सँगसँगै लम्पसार छ
दिमाग कल्पना र यथार्थमा बहस गर्छ।
पोहोर साल
जिन्दगीमा एकतमास रहर पलायो
कविताको चाङ्ग लगाउने
र माना पाथी मुरी मा सवैलाइ
पुर्याउने ।
रहरले सिमा नाघेपछि कसको के लाग्छ
भरिय कविता बोरामा
कवि बेच्दै गर्दा
भोक प्यास समवेदना
र रहरका चाङ्ग बेचिएछन
चुलोमा आगो जोरियन
भाडोमा सामल परेन
आङको वस्त्रले गिज्याइ रह्यो
भोक रोग र शोकमा डुबेका कवि
समानता र कल्पना र वास्तविकता मा
जुधेका कवि र कविता
अहिले अपहरणमा छन
यतै कतै देखिन्छ कि
उनको रुप
बालपनको तोते बोलि सुन्न
जति मिठो हुन्छ
त्यति मीठो हुन्न
आजकल कविता
डायरी त्यहीँबाट सुरु भयो
जहाँ कलमले बैँस पोख्थयो
स्वरले कोइली भाका बोल्थयो
यौवन शरिर कोमल र मर्मस्पर्शी
हुन्थ्यो ।
तर
आजकल बोली रुखो
मन बूढो शरिर लठ्
भएको छ डायरी कुनामा
माकुरिको जालोमा जेलियर
नतमस्तक निदाएको छ ।
दिमागमा बिगतको गुडँ
बर्तमानको पातँ
र भविश्यको उड्ने सपनाले
जेलिएको छ ।
बूढो रुग्ण शरिर कोमल मन
तामाकोसी को छाल झै चलिरहेछ
त्यो कवितामा वितेका गोधुलि साँझ
रसिला कवितामा रमाउने ठट्टेउला कवि
समय फेरिएको छव
सुन्दैन कविता
डायरी कलम सँगसँगै लम्पसार छ
दिमाग कल्पना र यथार्थमा बहस गर्छ।
पोहोर साल
जिन्दगीमा एकतमास रहर पलायो
कविताको चाङ्ग लगाउने
र माना पाथी मुरी मा सवैलाइ
पुर्याउने ।
रहरले सिमा नाघेपछि कसको के लाग्छ
भरिय कविता बोरामा
कवि बेच्दै गर्दा
भोक प्यास समवेदना
र रहरका चाङ्ग बेचिएछन
चुलोमा आगो जोरियन
भाडोमा सामल परेन
आङको वस्त्रले गिज्याइ रह्यो
भोक रोग र शोकमा डुबेका कवि
समानता र कल्पना र वास्तविकता मा
जुधेका कवि र कविता
अहिले अपहरणमा छन
यतै कतै देखिन्छ कि
उनको रुप
Comments
Post a Comment