त्यो पहिलो पफ...........

सानो उमेरमा अरुले जे गर्‍यो त्यही गर्न मन लाग्ने । बेला नै त्यस्तो उमेर नै गज्जबको ! सही गलत थाहा भए पनि छुट्टाउन सकिने खुबी थिएन । सानो सानो कुरामा निउ खोज्न मन लाग्ने । साना सँग झागडा गर्न मन गर्ने । जिद्दीपना, सबै गुण थिए मेरा त्यो बेला बहिनी सँग मेरो नक्षत्र नै नमिल्ने सधैको झगडा । उ पाए उ म पाए म निउ खोजेर झगडा गर्ने तर ममीको पिटटाइ सधै मैले खाने । त्यो बेला असारको महिना वर्षे छुट्टी चलिराको थियो । प्राय पानी परी राख्ने समय त्यो दिन उगारो थियो । ममी पल्लो घरको आगनमा तल्ला पट्टी र माथि पट्टिका आन्टिहरुसँग गफमा व्यस्त हुनुहुन्थ्यो अनि बहिनी टिभीमा । बुवा माहिला बाजे का तास खेल्न जानु भाको थियो । त्यो बेला बाले तास सङ्गै चुरोट तानेको याद थियो मलाई । भित्री खोठामा बसेर तास खेल्दै चुरोट को टुट्टो झ्याल बाहिर फाल्दै 29 मा मस्त थिए बुढा टोलिहरु । राकेश (माहिला बाजेको कान्छो छोरो) र म बाहिर बस्दै त्यही टुट्टो तान्दै थियौ । जाबो टुट्टोमा कत्ती नै हुन्छ र । तेस्ले धित नमरे पछी मैले पसलबाट नै खाने सोच बनाए । बा तासमा, ममी गफमा अनि बहिनी टिभिमा व्यस्त , यस्तो मौका आउदैन भन्ने बिचारले म घरतिर लम्किए । पसलबाट एउटा खुकुरीको बट्टा एक खिल्ली निकाले अनि सुटुक्क बार्दली मा गए । सल्काएर एक सर्को मात्र के तानेको थिए सर्केर झन्नै मरे । मेरो खोकिको आवाज सुनेर सि आइ डि भित्र कुद्देर आइ । मैले केहि भन्न नपाई ममी लाई बोलाएर आइ । अनि मेरो रामधुलाई सुरु । पहिले चप्पल अनि हात र लात अनि डुङ्ग्री ले दरो खाइयो । आसु झार्न सुरु मात्र गर्या थिए,'अझै कुकुरको मुत खसाल्छस' भन्दै बाग्सिंह सुरु भयो । वर्सात कम भए सि सुक्क सुक्क गर्न थाले । पछाडी सानो बारी थियो । कान्लोमा सिस्नुको झ्याङ्ग थियो । एक झ्याङ्ग सिस्नु लिएर झ्याम झ्याम मुखमा आक्रमण हुन लाग्यो । 'अझै लुकी लुकी घिच्छस ह'भन्दै २/३ पटक पछी सप भन्दा भयो । मन मनै सोचे आज बाचे भने जिन्नगी चुरोट त के धुवाबाट नै टाढा बस्ने अठोट गरे । . . . . . . . . . आज सम्म पनि त्यही आक्रमण सम्झेर दोस्रो पफ तान्ने हिम्मत आ छैन !!!!

Comments

Post a Comment

Popular posts from this blog

उत्सवको शोक

म एक : उदेश्य अनेक

The Ultimate Hypocrisy