उत्सवको शोक
भोलि भोलि भन्दा भन्दा जिन्दगानी गुज्रने छ् ! आजलाई माया गर भोलि त्यसै सप्रनेछ । कक्षा ९ या १० को नेपाली किताबको पछाडी लेखिएको यो कविता पढ्दा मात्र भोलिबादको concept आजै बाट नै त्याग्न मन लाग्छ तर अनि फेरी आफ्नै दैनिकिमा फर्कन्छु अनि त्यही पुरानो लयमा दौडिन सुरु गर्छु । भोलि भोलि भन्दा भन्दै औषत आयुको आधी जीवन बिताइसकिएछ । तर दिन दिनै लाग्छ भोली अलि गतिलो हुन्छ, अलि कम तनाव हुन्छ, मन बढी खुसी हुन्छ तर भोलीपल्ट फेरी त्यही हिजोको पुरानो मनले भोलिबादको नारा गाइरहेको हुन्छ । अन्तत्: जीवनको उत्तार्धमा पुग्दा मात् लाग्दो रहेछ रै चलिरहेको समय आज मा सिमित रहोस्; भोली त मरिन्छ कि बाचिन्छ ??? अनि लाग्छ life को climax मा सब कुरा हरु ठीक गर्नुपर्छ । टाढिएकालाई नजिक लिएर आउनु पर्छ, नबोल्नेसँग बोल्नु पर्छ, गलत गरेका हरुलाई माफ गरिदिनु पर्छ र गल्ति गरेको कुरामा माफी माग्नु पर्छ । तर हिजो देखाको दम्ब र घमण्डले मैले आज दिन लेखेको रहेछु । त्यसैले होला जीवन सधै अधुरो नै रहन्छ । प्यास मर्ने गरी पानी पिय पनि १० मिनेटको हिडाइले पुन: त्यस प्यासलाई फर्काइदिन्छ । अनि उकाली ओराली भञ्ज्याङ र चौतारी जिन्दगी...