Posts

Showing posts from March, 2018

कवि र कविता

कवि र कविता  बालपनको तोते बोलि सुन्न जति मिठो हुन्छ त्यति मीठो हुन्न आजकल कविता डायरी त्यहीँबाट सुरु भयो जहाँ कलमले बैँस पोख्थयो स्वरले कोइली भाका बोल्थयो यौवन शरिर कोमल र मर्मस्पर्शी हुन्थ्यो । तर आजकल बोली रुखो मन बूढो शरिर लठ् भएको छ डायरी कुनामा माकुरिको जालोमा जेलियर नतमस्तक निदाएको छ । दिमागमा बिगतको गुडँ बर्तमानको पातँ र भविश्यको उड्ने सपनाले जेलिएको छ । बूढो रुग्ण शरिर कोमल मन तामाकोसी को छाल झै चलिरहेछ त्यो कवितामा वितेका गोधुलि साँझ रसिला कवितामा रमाउने ठट्टेउला कवि समय फेरिएको छव सुन्दैन कविता डायरी कलम सँगसँगै लम्पसार छ दिमाग कल्पना र यथार्थमा बहस गर्छ। पोहोर साल जिन्दगीमा एकतमास रहर पलायो कविताको चाङ्ग लगाउने र माना पाथी मुरी मा सवैलाइ पुर्‍याउने । रहरले सिमा नाघेपछि कसको के लाग्छ भरिय कविता बोरामा कवि बेच्दै गर्दा भोक प्यास समवेदना र रहरका चाङ्ग बेचिएछन चुलोमा आगो जोरियन भाडोमा सामल परेन आङको वस्त्रले गिज्याइ रह्यो भोक रोग र शोकमा डुबेका कवि समानता र कल्पना र वास्तविकता मा जुधेका कवि र कविता अहिले अपहरणमा छन यतै कतै देख...