म एक : उदेश्य अनेक
हिजोआज सोच्छु सानोमा मैले लेखेका ति निबन्धका शिर्षक my aim in life अनि सम्झन्छु हरेक पल हरेक पल जिन्दगीबाट सिकिएका कुराहरु । मेरा उदेश्य कहिले डाक्टर भन्ने हुन्थियो त कहिले इन्जिनियर । जती भिन्न प्रकारका मेरो लक्ष्य थियो त्यती नै भिन्न मेरा बाटोहरु । आज यत्तिका वर्षा पछी ति दिनहरु सम्झन्छु अनि मुस्कुराउछु जिन्दगी त जिउन सिक्नु पर्ने रैछ अनि समय सधै आफ्नो साथमा हुन्न रैछ । यदि आफैमा रमाउन र खुसी हुन सके जीवन सार्थक हुनेमा दुइ मत छैन । बदलिदो समय र परिस्थिति अनि हाम्रो जीवन एक अर्काका परिपुरक हुन । न जिवन सोचे झै हुन्छ न समय नै। त्यै पनि हामी समय अनुसार आफु् लाइ बदल्न कोसिश गरिरहन्छौ। हिजो भन्दा आज र आज भन्दा भोली आफु लाई परिपक्व बनाउदै लिएर जान्छौ । मेरो पनि उदेश्य यही छ । बाकी दुनिया सँग जती नै फरक सोच भए पनि आफुलाई समय अनुसार ढाल्न सकु । राम्रा पुराना सोचलाई अगाडी लान सकुम अनि परिवर्तन गर्नु पर्ने विचार र अभ्यासलाई आफु बाट नै हटाउदै लिएर जान सकु ।