Posts

Showing posts from August, 2020

त्यो पहिलो पफ...........

सानो उमेरमा अरुले जे गर्‍यो त्यही गर्न मन लाग्ने । बेला नै त्यस्तो उमेर नै गज्जबको ! सही गलत थाहा भए पनि छुट्टाउन सकिने खुबी थिएन । सानो सानो कुरामा निउ खोज्न मन लाग्ने । साना सँग झागडा गर्न मन गर्ने । जिद्दीपना, सबै गुण थिए मेरा त्यो बेला बहिनी सँग मेरो नक्षत्र नै नमिल्ने सधैको झगडा । उ पाए उ म पाए म निउ खोजेर झगडा गर्ने तर ममीको पिटटाइ सधै मैले खाने । त्यो बेला असारको महिना वर्षे छुट्टी चलिराको थियो । प्राय पानी परी राख्ने समय त्यो दिन उगारो थियो । ममी पल्लो घरको आगनमा तल्ला पट्टी र माथि पट्टिका आन्टिहरुसँग गफमा व्यस्त हुनुहुन्थ्यो अनि बहिनी टिभीमा । बुवा माहिला बाजे का तास खेल्न जानु भाको थियो । त्यो बेला बाले तास सङ्गै चुरोट तानेको याद थियो मलाई । भित्री खोठामा बसेर तास खेल्दै चुरोट को टुट्टो झ्याल बाहिर फाल्दै 29 मा मस्त थिए बुढा टोलिहरु । राकेश (माहिला बाजेको कान्छो छोरो) र म बाहिर बस्दै त्यही टुट्टो तान्दै थियौ । जाबो टुट्टोमा कत्ती नै हुन्छ र । तेस्ले धित नमरे पछी मैले पसलबाट नै खाने सोच बनाए । बा तासमा, ममी गफमा अनि बहिनी टिभिमा व्यस्त , यस्तो मौका आउदैन भन्ने बिचा...

यात्रा

उसले त्यसदिन घाँसको भारी बोकेर आँगनमा टेक्दा पश्चिम दिशामा सूर्यको ओरालो झरेको र गौरीशंकर लेकको थुम्को छुन खोज्दैथियो । ऊ अघिअघि घर आएकी थिई, गाईबस्तुलाई पछाडि छाडेर । घाँसको भारी आँगनको डिलमा राख्न खोजी तर ठाउँ पाइन । डिलमा गोदाबरी र मखमली फूलका बोटहरूले कोपिला हल्लिरहेका थिए । एक मनले सोची – फूलका बोटहरू भाँचिए पनि भाँचिऊन्, भारी डिलतिर बिसाउँदा सजिलो हुन्छ नि । फेरि अर्को मनले सोची – त्यतिका मेहनत गरेर हुर्काएका फूलहरू कसरी बिगार्ने ? उसले आँगनको बीचमा राखेको मकैको थाम आड लिएर घाँसको भारी बिसाइन । नाम्लो थाप्लाबाट निकालेर पछिल्तिर फालिदिई र उठ्न खोजी । पहिलो पटक आजै उसले धेरै थाकेको र गलेको महसूस गरी । कुनै बस्तुको सहारा नलिई उठ्न सकिन र थ्याच्च भूईमा बसी । उठ्नलाई वरिपरी लट्ठी खोजी तर केही भेटिन । र पछिल्तिर लम्केर थाँक्रोको खाँबो समाउँदै उठी । उठ्न त उठी, कामहरू सबै लथालिङ्ग छन् । ऊ सोच्छे – एकछिनमा गाइबस्तु गोठमा आइपुग्छन् । गोबर, भकारो सोहोर्न बाँकी नै छ । सोच्दासोच्दै उसको थाकेको शरीरसँगै मन पनि ओइलायो । माझघर साँहिलीले बोलाउँदा मात्र ऊ झसङ्ग भएकी थिई । – गह्रौं काम नगर भने...